सर्वदलीय बैठकमा प्रधानमन्त्री ओलीको प्रस्ताव : ‘संसद् फेरि विघटन गरौँ’



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आज बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको प्रस्ताव गरका छन् । मंगलबार शितल निवासमा भएको बैठकमा ओलीले तत्काल चुनावमा जाने पनि प्रस्ताव गरेका छन् । प्रधानमन्त्री ओलीले भने, ‘संसद पुनर्स्थापना भएर के गर्नु अहिले संसद्को केही काम छैन ।’

यस्तै राष्ट्पति भण्डारीले संविधानको प्रभावकारी कार्यान्वयन र लोकतन्त्रको सुदृढिकरणका लागि राजनीतिक दलबीचको सहकार्यलाई निरन्तरता दिनुपर्ने बताएकी छन् ।

बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी थिए । एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी भएनन्।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ सहभागी थिए । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्