सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका नं.७ करङडाडा भित्ता स्थित ग्रामिण सडक खण्डमा मंगलवार दिउसो बोलेरो दुर्घटना हुदाँ ४ जनाको मृत्यु भएको छ । अन्य ८ जना घाईते भएका छन् । दुर्घटनामा दुई महिला, एक पुरुष र एक दुई बर्षको बच्चाको घटनास्थलमै मृत्यु भएको छ । सिन्धुली बजारबाट बासकटेरी तर्फ जादै गरेको बा १७ च १११७ नम्बरको बलेरो गाडी सडकबाट अन्दाजी ६० फिट तल खसी दुर्घटना भएको हो ।

दुर्घटनामा कमलामाई नगरपालिका ७ बासकटेरीका ६० बर्षिया रुद्र बहादुर थापा, सोही ठाउँका १८ बर्षिया रिता एस्नाली, १९ बर्षिया दुर्गा श्रेष्ठ र निज दुर्गा श्रेष्ठको छोरा बर्ष २ को मनिष श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सिन्धुली प्रहरीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमल्सिनाले जानकारी दिनुभयो । दुर्घटनामा बलेरो चालक कमलामाई नगरपालिका ७ बासकटेरी कै बर्ष ३८ का भोज बिक्रम थापा गम्भिर घाईते भएका छन् ।

बासकटेरीकै बर्ष २७ का धन बहादुर श्रेष्ठ, बर्ष २० कि शान्तीमाया थिङ ,बर्ष २२ कि कबिता श्रेष्ठ, बर्ष ५० कि सुनमाया थिङ, बर्ष ३० कि सुकुमाया पुलामी, सुकुमाया पुलामिको छोरा बर्ष २ को रेमन पुलामी र बर्ष २८ कि बिनिता श्रेष्ठ पनि घाईते भएका हुनुभएको छ । घाईते ६ जनालाई भने सिन्धुली अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको उपरिक्षक तिमल्सिनाले जानकारी दिनुभयो ।

उपरिक्षक तिमल्सिनाका अनुसार बोलेरो चालक भोज बिक्रम थापा, धन बहादुर श्रेष्ठ, कबिता श्रेष्ठ, बिनिता श्रेष्ठ, सुकुमाया पुलामी र उनको छोरा रेमन पुलामीलाई उपचारका लागि काठमाडौं पठाईएको छ । ग्रामिण कच्चि सडकमा धेरै मोड रहेको र बोलेरोलाई मोडमा ठाउँ नपुगी पछाडी ल्याउर अगाडी बढाउन खोज्दा अचानक दुर्घटना भएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्