‘भ्यालेन्टाइन डे’मा प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या, एक बर्षपछि हत्यारा पक्राउ



सरिता चलाउने, सल्यान ।

सल्यानको त्रिवेणी गाउँपालिका १ तल्लो काभ्राकी १६ वर्षीया कविता बोहराको हत्यारा एक बर्ष पछि पत्ता लागेको छ । ९ कक्षामा अध्यनरत बोहराको मिति २०७६ साल फागुन २ गते प्रेम दिवसका दिन राति करिब १२ बजे घर नजिकै गोठ छेउमा पहिचान नखुलेका व्यक्ति बाट हत्या भएको थियो ।

प्रहरीको एक वर्षको अनुसन्धान पछि सोहि गाउँका १६ वर्षिय एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सलयानले जनाएको छ । कविताको हत्यारा पत्ता नलागे पछि एक बर्षको बीचको दुई दर्जन बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दे जादा गाउँकै एक युवकले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यलय सल्यानका प्रमुख गोबिन्द थापाले बताउनु भयो ।

कवितालाई ति युवकले एकतर्फी प्रेम गरेको र प्रेम स्वीकार नगरेपछि हत्या गरेको उहाँले बताउनु भयो । प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत घटनाको बारेमा जानकारी गराएको हो । बोहराको हत्या प्रेम सम्बन्धकै कारण भएको प्रहरीको अनुसन्धान बाट खुलेको छ ।

कबिताको दिदिको छोरा नाता पर्ने तत्कालिन १६ बर्षे एक स्थानिय युवकले कबितालाई एक तर्फि प्रेम गरी पटक पटक प्रेम प्रस्ताव गर्दा कबिताले कुनै चासो नदेखाएको, २ बर्ष देखि पिच्छा गरेको, प्रेम पत्र लेखेर व्यागमा राख्दिीने, मोबाईलमा कबिताको र आफ्नो फोटो जोडेर वाल पेपरमा राख्ने गरेको, प्रेम दिवसको दिन प्रेम प्रस्ताव कबिताले स्वीकार गर्न सक्ने भनी युवकले झिनो आश राखेको, कबिताका अर्के सँग प्रेम भएको थाहाँ पाए पछि युवकमा उत्पन्न भएको जलनले कसैको हुन नदिने भनि हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको प्रहरी प्रमुख थापाले बताउनु भयो ।

कविताको हत्यापछि विभिन्न तरिकाबाट इनिस्पेक्टर लक्ष्मण ओलीको कमाण्डमा अनुसन्धान गरिदै आएको थियो । प्रेम दिवसको राति भएको कविताको हत्या भएकोले प्रेम सम्बन्ध कै कारण हुनसक्ने प्रहरीको अनुमान थियो । प्रेम सम्बन्धमा खट्पट, जलनकै कारण वा प्रेम सम्बन्धी कारण कुनै केटा साथीले कवितालाई हत्या गरेको हुनसक्ने निचोडमा प्रहरी पुगेको थियो ।

आरोपीत १८ वर्षमुनिको भएकोले जिल्ला अदालत सल्यानको अनुमतीमा बाल सुधार केन्द्र नेपालगंज राखिएको सल्यान प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले बताउनु भयो ।

सफल अनुसन्धान गरेकोमा इनिस्पेक्टर ओली सम्मानित

एकवर्ष सम्म लगातार अनुसन्धान गरेर सफल नजिता निकालेको भन्दै जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता समेत रहेका इनिस्पेक्टर लक्ष्मण ओलीलाई सम्मान गरएिको छ ।

मंगलबार घटनाको सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख थापाले ओलीलाई सम्मान गर्नुभएको हो । सम्मान ग्रहण गर्दै ओलीले ढिलो चाँडो एकदिन अपराधी प्रहरीको नजरबाट उम्कीन नसक्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्