राष्ट्रपति निवासमा सर्वदलीय बैठक जारी



न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबारका लागि डोकेको सर्वदलीय बैठक शीतल निवासमा जारी छ । बैठकमा सकारकार तर्फबाट प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापा सहभागी छन्। एमालेको वरिष्ठ नेतासमेत रहेका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाल भने बैठकमा सहभागी छैनन्।

माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायणकाजी श्रेष्ठ र संसदीय दलका प्रमुख सचेतक देव गुरुङ सहभागी छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला उपस्थित भएका छन् ।

राष्ट्रिय जनता पार्टी (राजपा) बाट अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो सहभागी हुनुहुन्छ । नेमकिपाबाट प्रेम सुवाल र राप्रपाबाट अध्यक्ष प्रकाशचन्द्र लोहनी सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्