प्रधानमन्त्री निवास बालुवाटारमा एमालेको चियापान क्रार्यक्रम शुरु



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  नेकपा एमालेको चियापान शुरु हुँदैछ ।बिहान ११ बजेका लागि भनिएको चियापान केही ढिला गरी शुरु हुन लागेको छ ।

चियापानको लागि आमन्त्रण गरिएका एमालेका नेता, मन्त्री, सांसद गृहमन्त्री रामबहादुर थापा बादल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त कुमार नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश ठगुन्ना लगायतका मन्त्रीहरुसहित सांसदहरु बालुवाटार पुगेका छन् ।

आज पनि उक्त चियापान कार्यक्रममा सञ्चारकर्मीहरुलाई प्रवेश निषेध गरिएको छ । चियापानको समाचार संकलनका लागि विभिन्न सञ्चारगृहबाट गएका सञ्चारकर्मीहरु बालुवाटार परिसरमा नै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्