निकुञ्जले पर्यटन वापत तीन लाखभन्दा बढी राजश्व संकलन



सरस्वती न्यौपाने , रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जले फागुन महिनामा पर्या पर्यटन वापत तीन लाख ८८ हजार रुपैया संकलन गरेको छ ।निकुञ्जको रेञ्जर विवेक श्रेष्ठका अनुसार फागुन महिनामा १८ सय २५ नेपाली सार्क मुलुक बाट एक जना अन्य देशका विदेशी ८६ जना रहेका छन् ।यस्तै पर्यापर्यटन बाट तीन लाख ८८ हजार र वन पैदावार लगाएत अन्य राजश्वबाट जम्मा १० लाख २१ हजार ५ सय ६२ रुपैया संकलन गरेको बताइएको छ ।

फागुन महिनामा पशुधनको क्षति २ वटा रहेका छन् ।त्यसलाई १४ हजार राहत वितरण गरिएको छ भने अन्न वालि को क्षति भएका १५२ रहेकालाई ६ लाख ४८ हजार राहत वितरण गरिएको छ ।यसै महिना एक वटा रेडपाण्डा र एक वटा रतुवा मृगको उद्धार समेत भएका छन् ।रसुवा (५७ प्रतिशत), नुवाकोट (७ प्रतिशत) र सिन्धुपाल्चोक (३६ प्रतिशत) गरि १७ सय १० कि.मि. क्षेत्रमा फैलिएको छ ।निकुञ्ज वन्यजन्तु तथा वनस्पतिको प्रचुरताको आधारमा धेरै नै महत्वपुर्ण यस निकुञ्ज मा साल, खोटे सल्ला, कटुस, गोबे्र सल्ला, धुपी सल्ला, ओखर, खसु्र, भोजपत्र, गुँरास लगाएत एक हजार भन्दा बढी प्रजातिको बनस्पति हरु र रेडपाण्डा, कस्तुरी, मृग, हिँउ चितुवा, ध्वाँसे, चितुवा, ब्वाँसो, सालक, चरि बाघ, आसामि रातो बाँदर, लंगुर बाँदर, थार, घोरल हिमाली, कालो भालु जस्ता दुर्लम तथा महत्वपुर्ण वन्यजन्तु हरु पाइन्छन् ।

यस निकुञ्जको सुरक्षार्थ विगत ३१ वर्ष देखि नेपाली सेनाको साथ र सहयोग रहदै आएको छ ।निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा जैविक विविधता को संरक्षण गर्न निकुञ्ज कर्मचारि, नेपाली सेना, समुदायमा आधारित चोरि शिकारी नियन्त्रण समुह बाट नियमित रुपमा एकल तथा संयुक्त गस्ती हुदै आइरहेको छ ।अवस्था र स्थानको संवेदनशिलता हेरि विशेष गस्ती तथा स्वीपिङ अपरेसन समेत समय समयमा संचालन हुने गरेका छन् ।अथाह पर्यटकिय केन्द्र भएकाले र जलिय पर्यटन को समेत ठुलो सम्भावना बोकेको क्षेत्र भएकाले पनि लाङटाङ राष्ट्रिय निकुञ्ज एउटा उत्कृष्ट गन्तव्य स्थल रहेको प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्