प्रधानमन्त्रीको चियापान कार्यक्रममा, नेपाल समुहका नेता नजाने



न्युज अफ नेपाल ,काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा आज चियापान कार्यक्रम आयोजना गरेका छन् । आज बिहान ११ बजेपछि आयोजना हुने चियापानमा सरकारका मन्त्री, सांसद र एमालेका नेताहरुलाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो चियापान कार्यक्रम माधव नेपाल पक्षले भने बहिष्कार गर्ने यसअघि नै जनाएको छ । पार्टीमा ओलीको स्वेच्छाचारिता बढेको भन्दै नेपाल पक्षले भोलि कार्यकर्ता भेला बोलाएको छ । सोही भेलाको बारेमा जानकारी दिन आज पत्रकार सम्मेलन आयोजना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्