वामपन्थी नेता माणिकलाल श्रेष्ठको निधन



न्युज अफ नेपाल ,काठमाडौं ।

नेपाली वाम आन्दोलनका शिखर बौद्धिक व्यक्तित्व प्रो. माणिकलाल श्रेष्ठको निधन भएको छ । निमोनिया लगायत अन्य विभिन्न संक्रमणहरुले ग्रसित भएपछि उनलाई लामो समयसम्म अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो । केहि समयपछि घरमा उपचाररत उनको नियमित रुपमा डाइलासिस गरिदैँ आएको थियो ।

पुराना पुस्ताका तथा अहिलेका चर्चित वामपन्थी नेताहरुले समेत श्रेष्ठलाई आफ्ना गुरु मान्ने गर्छन् । पुराना पुस्ताका नेताहरु समेत सैद्धान्तिक विषयवस्तुहरुमा प्रष्ट हुनका लागि श्रेष्ठसँग बहस छलफल गर्ने तथा उनीसँग सरसल्लाह लिने गर्थे।  लामो समय प्रध्यापन पेशामा सकृय श्रेष्ठ संवैधानिक कानुनमा स्नातक गर्ने पहिलो ब्यक्ति हुन भने नेपाल मार्क्सवादीका प्रथम प्रवक्ता समेत थिए । उनी माणिक सरको नामले चर्चित र धेरैका आदरणीय समेत मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस्