वीरगन्ज उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व



वीरगन्ज, नेस ।

वीरगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा सुबोधकुमार गुप्ता सर्वसम्मत चयन हुनुभएको छ । संघको ४५औं वार्षिक साधरण सभाले गुप्तालाई सर्वसम्मत चयन गरेको हो ।संघको कार्यसमिति सदस्यमा ३५ जना यसअघि नै निर्विरोध चयन गरिएकोमा ती मध्येबाट पदाधिकारीहरुको आइतबार राति घोषणा गरिएको हो । अध्यक्षमा गुप्ताका साथै महासचिवमा मनोजकुमार दास, वाणिज्य सचिवमा आशिष लाठ, सहसचिवमा सुशान्त चाचान र अनोज रुगटा पनि निर्विरोध चयन हुनुभएको छ । संघको प्रथम उपाध्यक्षमा अनिलकुमार अग्रवाल पनि निर्विरोध चयन हुनुभएको छ । द्वितीय उपाध्यक्ष, उद्योग सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्ष गरी चार पदका लागि भने निर्वाचन नै गर्नु परेको थियो ।

आइतबार राति भएको निर्वाचनमा द्वितीय उपाध्यक्षमा हरिप्रसाद गौतम, उद्योग सचिवमा अरविन्द अमात्य, कोषाध्यक्षमा गोविन्द साह र सहकोषाध्यक्षमा प्रेमचन्द गोयल निर्वाचित हुनु भएको हो । द्वितीय उपाध्यक्षमा हरिप्रसाद गौतम र सुनीलकुमार खेतानबीच चुनावी प्रतिस्पर्धा भएको थियो । जसमा गौतमलाई २६ मत र खेतानलाई ६ मत मात्रै परेको थियो । उद्योगतर्फको सचिवमा अरविन्द अमात्यलाई २२ र सुरेश रुगंटालाई ९ मत परेको थियो । कोषाध्यक्षमा गोविन्दप्रसाद साह २ मतले विजयी भएका हुन् । साहलाई १७ र नवनित अग्रवाललाई १५ मत परेको थियो । सहकोषाध्यक्षमा प्रेमचन्द्र गोयल निर्वाचित हुनु भएको छ । उहाँको पक्षमा २७ र अर्का उम्मेदवार अंकित खेतानको पक्षमा भने ५ मत मात्रै परेको थियो । संघको सदस्यमा नरेशकुमार अग्रवाल टिबडेवाल, अवधेशकुमार सरावगी, सुमन कुमार क्याल, यश कुमार अग्रवाल , मनोज कुमार शर्मा, नवनीत अग्रवाल, निरज अग्रवाल, दीपककुमार टिबडेवाल, सिद्धार्थ धुरका, मुरली जालान, अंकित कुमार खेतान निर्विरोध चयन हुनु भएको छ ।

त्यस्तै सदस्यमा माधव राजपाल, सुनील कुमार खेतान, रवीन्द्र कुमार वर्णवाल, शिवजीप्रसाद साह कलवार, सुरेशकुमार रुँगटा, शुभम् कुमार खण्डेलवाल, प्रभात रुंगटा, विकास कुमार क्याल, हेमन्त कुमार वैद्य, प्रकाश कुमार खण्डेलवाल, विनय काबरा , सौरभ केडिया र प्रमोद कुमार चौरसिया पनि सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्