नाडाद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग



काठमाडौं, नेस  ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले ताप्लेजुङका आगलागी पीडितलाई आर्थिक सहयोग गरेको छ । नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले भौतिक, पूर्वाधार तथा यातातातमन्त्री बसन्तकुमार नेम्बाङमार्फत् २ लाख एक हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।नाडाको सामाजिक उत्तरदायित्वअन्र्तगत ताप्लेजुङको दोभानमा भएको आगलागी पीडितहरुका लागि जिल्ला विपद् व्यवस्थापन समिति सो रकमबराबरकोे चेक हस्तान्तरण गरिएको नाडाले जनाएको छ ।

आगलागी पीडितको राहतको लागि नाडाले पदाधिकारी तथा कार्यसमिति सदस्यहरुसँग रकम संकलन गरेको थियो । उक्त अवसरमा भौतिक, पूर्वाधार तथा यातातातमन्त्री बसन्तकुमार नेम्बाङले देशमा परेको आपत् विपद्को समयमा नाडाले देखाएको चासो र सहयोगप्रति धन्यवाद दिनु भएको थियो । साथै नाडाको रकममा आफ्नो व्यक्तिगत तर्फबाट रकम थप गरी प्रदेश सांसदमार्फत् जिल्ला प्रशासन कार्यालय, ताप्लेजुङलाई हस्तान्तरण गरी नाडालाई समेत जानकारी गराउने बताउनुभयो । सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत उपाध्यक्षद्वय करणकुमार चौधरी, आकाश गोल्छा, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल र कोषाध्यक्ष सुरेन्द्रकुमार उपे्रतीलगायतकोे उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्