बस्नेतको बिदाइ



काठमाडौं, (नेस) ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद विकास विभागका प्रमुख डेमबहादुर बस्नेतलाई सोमबार बिदाइ गरिएको छ । उमेर हद (५८ वर्ष) का कारण बस्नेतले मंगलबारदेखि अनिवार्य अवकाश पाउदै छन् ।

२०५३ साल असोज ४ गते राखेपमा अधिकृत तृतीयमा सेवा प्रवेश गरेका बस्नेत अधिकृत द्वितीयबाट अवकाश हुन लागेका हुन् । करिब २५ वर्षको सेवा अवधिमा बस्नेतले कर्मचारी प्रशासन शाखा, प्रशासन विभाग, संघ संस्था समवन्य शाखा, मध्यपश्चिमाञ्चल र पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति तथा मानव संशाधन तथा तथ्यांक शाखामा रहेर कार्य गर्नुभयो । बस्नेतले प्राविधिक कारणले खेलकुदबाट टाढा रहे पनि खेलकुदको विकास र विस्तारमा समर्पित रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्