उप–मेयर कप आजबाट



विनोद सिंह विष्ट, बैतडी

बैतडीको दशरथचन्द नगरपालिकामा मंगलबारदेखि चौथो संस्करणको उप–मेयर कप टि ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ ।
दशरथचन्द नगरपालिकाको सहयोग तथा नगर क्रिकेट समितिको आयोजना प्रतियोगिता सञ्चालन हुन लागेको हो । उद्घाटन खेलमा चैत ३ गते वडा नं २ र ६ बीच प्रतिस्प्रर्धा हुनेछ । प्रतियोगितामा सहभागी हुने ७ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा वडा नं २, ६ र ११ रहेका छन् भने समूह बी मा वडा नं ४, ५,८ र ९ रहेका छन् ।फाइनल खेल चैत ९ गते हुने प्रतियोगिताका सम्पूर्ण खेल दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुनेछन् । विजेताले ४५ हजार र उपविजेताले ३० हजार पुरस्कार हात पार्नेछ । दशरथचन्द नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्