थाइराइड के हो ?



थाइराइड गम्भीर समस्या हो । यसले शरीरमा अचानक तौल बढाउने र अचानक घटाउने गर्छ । घाँटी सुन्निने, कपाल झर्ने र मुटुको चाल बढाउने जस्ता समस्याहरु पैदा गर्छ । महिलाहरुमा धेरै मात्रामा थाइराइडको समस्या देखा पर्छ । थाइराइड घाँटीमा हुने एक प्रकारको समस्या हो ।

यो घाँटीको अगाडिको भागमा रहेको एउटा ग्रन्थि हो । रुद्रघण्टीको ठीक तल रहेको यो ग्रन्थिले थाइरोक्सिन टी–३ र ट्राइआयोडो थाइरोनिन टी–४ हर्मोन उत्पादन गर्छ ।थाइराइडको ग्रन्थि घाँटीको अघिल्लो भागमा थुक निल्दा चल्ने एउटा २० देखि २५ ग्रामको ग्रन्थि हो । यसले शरीरको धेरै कुरा नियन्त्रण गर्छ । जस्तै– शरीरको मोटोपन हुने अथवा दुब्लोपन हुने, तापक्रम मिलाउने, भित्रको आन्तरिक व्यवस्थापन मिलाउने हो ।

यसले शरीरमा हुने अनावश्यक झोल पदार्थ वा सुख्खापन अथवा कमलोपनलाई नियन्त्रण गर्छ । विशेष गरी मुटुको धड्कन मिलाउने, नियन्त्रण गर्ने काम गर्छ । त्यो हर्मोन बढी भयो भने पनि र कम भयो भने पनि शरीरलाई असर गर्छ ।
– देवेन्द्र कुँवर, नेपालगन्ज 

प्रतिक्रिया दिनुहोस्