राष्ट्रपतिले पनि लगाइन् कोरोनाविरुद्धको खोप



न्युज अफ नेपाल, काठमाडौ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल पुगी कोरोनाविरुद्धको खोप लगाएकी छन् । सोमबार अपरान्ह ४ बजे त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल पुगी खोप लगाउनुभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।

फागुन २३ गतेदेखि नेपालमा दोस्रो चरणको खोप अभियान चलिरहेकै बेला राष्ट्रपति भण्डारीले पनि खोप लगाएकी हुन् । दोस्रो चरणको खोप अभियानअन्र्तगत ६५ वर्षमाथिका जेष्ठ नागरिकले खोप लगाइरहेका छन् । राष्ट्रपति भण्डारीले खोप लगाईसकेपछि खोपको महत्व र आम नागरिकले कोरोना बिरुद्धको खोप लगाएर सुरक्षित हुन सबैलाई आवहान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्