प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र पाकिस्तानका नवनियुक्त राजदूत सयैद हैदर साहबीच भेटवार्ता भएको छ । थापा र साहबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको नेपाली सेनाले जनाएको छ ।

प्रधान सेनापति थापाको कार्यकक्षमा भएको सो भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्