माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक पेरिसडाँडामा सुरु भएको छ । आइतबारदेखि सुरु भएको बैठकमा पार्टीको नाम फेर्नेदेखि सांसदलाई कारबाही गर्नेसम्मका एजेन्डा छन् ।

आफ्नो प्रदेशको संगठनात्मक अवस्थाबारे केन्द्रीय समितिमा उनीहरूले गरेको रिर्पोटिङका आधारमा थप संरचना निर्माण गर्ने माओवादीको तयारी छ । नेकपा विघटनपछि के कति नेता कार्यकर्ता एमालेमा प्रवेश गरे भन्ने आँकडाको रिपोर्टिङ प्रदेश इञ्चार्जले गरेका थिए । आजको बैठकमा प्रदेश इञ्चार्जको रिपोर्टिङमा थप छलफल हुनेछ । माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्नेबारेमा छलफल गरेको थियो । त्यही आधारमा केन्द्रीय समितिमा प्रस्ताव आएको हो । आजको केन्द्रीय समितिको बैठकले यस विषयको टुंगो लगाउन सक्ने एक केन्द्रीय सदस्यले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्