वामदेव गौतमले बोलाए आफ्नो समूहको बैठक



 न्युज अफ नेपाल काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका सबै पदाधिकारी खारेज गरेपछि गौतमले बैठक बोलाएका हुन् ।

नेता गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीका अनुसार उनले भोलि मंगलबारका लागि बैठक बोलाएका हुन्। सुवेदीका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । गौतमले ओलीको कदमप्रति आपत्ति जनाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्