हेबी इक्विपमेन्टमा श्रेष्ठ निर्विरोध



काभ्रे, (नेस)

नेपाल हेवी इक्विपमेन्ट व्यवसायी महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन समारोहले प्रेम श्रेष्ठलाई निर्विरोधरुपमा अध्यक्ष चयन गरेको छ ।
शनिबार धुलिखेलमा सम्पन्न महाधिवेशनले श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष उमाकान्त शर्मा, प्रथम उपाध्यक्ष पूर्णचन्द्र अधिकारी, द्वितीय उपाध्यक्ष वसन्त भुसाल, तृतीय उपाध्यक्ष धर्म बस्याल, महासचिव सुरेश खत्री, सहमहासचिव फणीन्द्र भट्ट, सचिव यादवलाल श्रेष्ठ, सचिव महेश पौडेल, कोषाध्यक्ष सुनिल थापा र सहकोषाध्यक्ष राजेश पराजुलीलाई चयन गरेको छ ।

त्यसै गरी सातै प्रदेशका प्रदेश संयोजकहरुमा प्रदेश नं १ मा धर्मेन्द्र श्रेष्ठ, प्रदेश नं २ दुर्गानन्द शाह, प्रदेश ३ उत्तम विष्ट, प्रदेश ४ निश्चल पोख्रेल, प्रदेश ५ सन्देश पाठक, प्रदेश ६ मा मदन खड्का चयन हुनुभएको छ भने प्रदेश नं ७ मा चयन हुन बाँकी छ ।७ प्रदेशमा ५३ सदस्यीय कार्यसमिति रहने महासंघको व्यवस्था रहेको नवनिर्वाचित अध्यक्ष श्रेष्ठले जानकारी गराउनुभयो । शनिबार महासंघको महाधिवेशनको उद्घाटन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले गर्नुभएको थियो । महासंघको बन्द सत्रले शनिबार राती मात्र नयाँ कार्यसमिति चयनका लागि सहमति जुटाएको हो । अघिल्लो कार्यसमितिमा श्रेष्ठ वरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्