ओली र नेपाल-खनाल समूहबीच भेटवार्ता हुँदै



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेको ओली समूह र नेपाल-खनाल समूहबीच आज भेटवार्ता हुँदै छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले बढ्दो आन्तरिक विवादकाबीच नेपाल खनाल समूहलाई वार्ताका लागि बेलाएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा छलफल हुने स्रोतले जनाएको छ । छलफलमा ओलीसहित ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र प्रवक्ता प्रदीपकुमार ज्ञवाली सहभागी भएका छन् भने नेपाल पक्षबाट नेपालसहित झलनाथ खनाल सहभागी हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्