इलेक्ट्रिकल भेइकल बनाउन गोल्छा ग्रुपको सहयोग



काठमाडौं, (नेस) ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा अध्यनरत विद्यार्थीले इलेक्ट्रिकल भेइकल बनाएका छन् । उनीहरुले यो भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्नका लागि होइन, आगामी सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन् ।

अहिले गाडीको चेसिस मात्र तयार भएको छ । सिरेटो टिमका अनुसार कलेजको परीक्षाका कारण यसको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी छ । सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ । ज्हाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ । सिरेटो टिममा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकललगायत विभिन्न विधाका १० विद्यार्थी सहभागी रहेका छन् । फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले उनीहरूलाई डोहो¥याइरहेका छन्,।

मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा अनि अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेलका साथै इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ सबैको दिमागले भ्याएसम्म राम्रो र उत्कृष्ट निर्माणमा लागि रहेका छन् ।गोल्छा ग्रुपले सीएसआरअन्तर्गत यो इलेक्ट्रिकल भेइकल बनाउन सहयोग गरेकोे छ ।

प्रतिक्रिया दिनुहोस्