इलेक्ट्रिकल इन्जिनियर्स वेलफेर नेपालको दोस्रो साधारण सभा पोखरामा



न्युज अफ नेपाल, कास्की ।

इलेक्ट्रिकल इन्जिनियर्स वेलफेर एसोसिएसन (इइए) नेपालको दोस्रो साधारण सभा पोखरामा सम्पन्न भएको छ । शुक्रवार सम्पन्न साधारण सभामा विधुत नियमन आयोग र त्यस सम्बन्धि गतिविधिमा अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो ।

विधुत नियमन आयोगका सदस्य एवं प्रवत्ता डा. राम प्रसाद धितालको प्रमुख आतिथ्ततामा सम्पन्न साधारण सभामा डा. धितालले सम्बन्धित बिषयमा आफ्नो प्रस्तुति राख्दै प्रस्तुतिमाथि उठेका प्रश्नहरुको जवाफ दिनु भएको थियो ।

नेपाल विधुत प्राधिकरणका उप-कार्यकारी निर्देशक तथा इइए नेपालका सल्लाहकार इ. राम्जी भण्डारीले नेपालको विधुतिय अवस्थाबारे जानकारी गराउदै कार्यक्रम इलेक्ट्रिकल इन्जिनियरहरुका लागि मात्र नभइ अन्तरक्रिया कार्यक्रम सबैको लागि फलदायी बनेको बताउनु भयो । नेपाल विधुत प्राधिकरणका गण्डकी प्रदेशका प्रमुख इ. श्रीराम पोखरेलले विधुतिय सुरक्षाको बारेमा जानकारी गराउनु भएको थियो । त्यस कार्यक्रममा उहाँले सम्पुर्ण नेपालीहरुलाइ बढ़ी भन्दा बढ़ी विधुत खपत बढाउन पनि अनुरोध गर्नु भयो ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकाल, नेपाल इंजीनियर्स एसोसिएसन गण्डकी प्रदेशका सभापती इ. बाबुराम भण्डारी, पोखरा औधोगिक क्षेत्रका क्षेत्र ब्यबस्थापक भुषण उपाध्याय लगायतले आफ्नो भनाई राख्नुभएको थियो। दुई सय भन्दा बढि सख्यामा उपस्थित व्यक्त्तिहरुबाट कार्यक्रम अत्यन्तै फलदायी भएको प्रतिक्रिया दिनु भएको थियो । इइएका सदस्य इ. प्रकाश काफ्लेले समसामयिक बिषयमा गजल वाचन गरी कार्यक्रमलाई थप साहित्यिक रौनकता दिनु भएको थियो ।

पछिल्लो समयमा इइएका सदस्य बनेका ४० जना आजिवन सदस्यहरु, ४१ जना स्वयसेवकहरु र अतिथीहरुलाइ प्रमाणपत्र तथा मायाको चिनोले सम्मान गरीएको कार्यक्रमलाई इइएका सचिव इ. विनोद शर्माले सहजीकरण गर्नुभएको थियो । कोभिड -१९ को समयमा पनि इइएले अत्यन्त उत्कृष्ट रुपमा हरेक स्वास्थ मापदण्ड पूरा गरी यो कार्यक्रम सम्पन्न गरेको इइए नेपालका अध्यक्ष इ. राजेन्द्र ढकालले बताउनु भयो।

अध्यक्ष इ. राजेन्द्र ढकालले संस्था गैर राजनितिक एवं गैर नाफामुलक भएको जानकारी गराउदै संस्थाले इलेक्ट्रिकल इन्जिनियरहरुको बिषय तथा विधुत प्रयोग, यसका चुनौती तथा सुरक्षाका विषयमा काम गर्दै आएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्