प्रिन्स र अनुमायाले जिते उपाधि



नेपाल समाचारपत्र, काठमाडौं ।

सिल्क गु्रपका प्रिन्स दाहाल र त्रिभुवन आर्मी क्लबकी अनुमाया राईले ‘प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७’ को उपाधि जितेका छन् ।
आइतबार पुरूष एकलतर्फ फाइनलमा प्रिन्सले एपिएफका दीपेश धामीलाई २३–२१, २१–१८ ले हराएका हुन् । यो जितसँगै प्रिन्सले चितवनमा भएको हारको बदला दीपेशसँग लिए । विजेताले नगद ५० हजार उपविजेताले नगद ३० हजार प्राप्त गरे ।

यस्तै, तेश्रो स्थानमा रहेका पुलिस क्लबका विष्णु कटुवाल र सेनाका रूकेश महर्जनले नगद १०-१० हजार हासिल गरे । यस्तै ,क्वाटरफाईनमा पराजित सेनाका पविन लिनथेप र भोजबहादुर गुरुङ्ग, पुलिसका जीवन आचार्य तथा भुपु सैनिकका सहरोज अन्सारीले नगद ५-५ हजार प्राप्त गरे ।साङ्गलास्थित साइनोको कभर्डहलमा भएको महिला एकल तर्फको प्रतिस्पर्धामा आफ्नै क्लबकी अमिता गिरीलाई २१–१०, २१–१७ को सोझो सेटमा हराएर अनुमायाले उपाधि जितिन् । अनुपमाले नगद ३० हजार र अमिताले नगद १५ हजार हासिल गरे । तेश्रो स्थानमा रहेका एपिएफकी शोभा गौचन र धादिङ्गकी तारा आलेले जनही नगद ७ हजार ५ सय प्राप्त गरे ।

तारकेश्वर नगरपालिकाको प्रायोजनामा भएको प्रतियोगिताको पुरुष युगलतर्फ हिमालयन क्लबका विशाल बस्नेत र झापाका प्रनिश सिंह ठकुरीको जोडीले उपाधि जित्यो । विजयी जोडीले ५० हजार जित्दा पराजित जोडी अभिषेक बोश र सुजन थापाले नगद ३० हजार हासिल ग¥यो । पुरुष भेट्रान ४५ तर्फ जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नवीन बाबु श्रेष्ठको जोडी विजयी भएर ४० हजार पायो । दोस्रो हुने परफेक्ट फिटनेश क्लबका पूर्ण हरि होना र सञ्जय कपालीको जोडीले २५ हजार नगद प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहोस्