बागमती किनारमा भरत नाट्यम



हालैको साँझ राजधानीबासीले लोभलाग्दो भरत नाट्यमको मजा लिन पाए। भारतको राजदूतावासको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र काठमाडौंले पशुपतिनाथ मन्दिर परिसरमा रहेको बागमती नदीको पवित्र तटमा भरत नाट्यम नृत्यको प्रस्तुति आयोजना गरेपछि राजधानीबासी त्यसमा मग्न भए।

कार्यक्रममा सुलोचना गोपाली र सोजान रघुवंशीले उनका समूहका साथ भारतको भरतनाट्यम नृत्यअन्तर्गत शिव ताण्डव, नाटेश कौथुभमलगायतका आकर्षक प्रस्तुति प्रस्तुत गरेर दर्शकको मन जितेका थिए। यस सँंस्कृतिक प्रस्तुतिले दुई देशबीच रहेको सामाजिक–सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास आयोजकको छ।

प्रतिक्रिया दिनुहोस्