नेफटामा छक्का पञ्जा र प्रसाद बराबर प्रदीप र नारायणलाई लाइफटाइम अवार्ड



केही वर्षयता हुन नसकेको नेफटा फिल्म अवार्डस् शनिबार राती राजधानीको सोल्टी क्राउन प्लाजामा भव्यताका साथ सम्पन्न भएको छ।नेपाल चलचित्र प्राविधिक संघ ९नेफ्टौ० र ड्रिम हाई नेपालद्वारा आयोजित दशौं नेफ्टा फिल्म अवार्डस् गत वर्ष नै गर्ने तयारी गरिए पनि कोरोना संक्रमणको जोखिमका कारण पर सरेको थियो। २०७५ सालमा रिलिज भएका फिल्महरुलाई लिएर कुल ३६ विधामा अवार्ड प्रदान गरिएको समारोहमा नेपालकै प्रथम ध्वनि इन्जिनियर प्रदीपकुमार उापध्याय र प्रकाश व्यवस्थापक नारायण तिमिल्सिनालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो। उपाध्याय र तिमिल्सिनालाई कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति नन्दबहादुर पुनले ताम्रपत्र र ५१ हजार रुपियाँको चेक प्रदान गरेका थिए।

चमकदमकका साथ आयोजना गरिएको अवार्ड समारोहमा फिल्म छक्कापञ्जा ३ र प्रसादले सर्वाधिक धेरै ६÷६ विधाको अवार्ड चुमेका छन्। छक्का पञ्जा ३ ले उत्कृष्ट फिल्म र पपुलर फिल्मको अवार्ड चुम्यो भने यही फिल्मबाट दिपाश्री निरौलाले उत्कृष्ट निर्देशक, दीपकराज गिरीले कथा र पटकथा तथा केदार घिमिरेले हास्य कलाकारको अवार्ड चुमेका छन्। त्यस्तै फिल्म प्रसादबाट अभिनेता विपिन कार्कीले उत्कृष्ट अभिनेता, सुशील पौडेलले उत्कृष्ट संवादको तथा केतन श्रेत्री, सुवास भुसाल, गणेश शाह र उदयराज पौडेलले प्रसादको जाउ माया सरर बोलको गीतबाट क्रमशः गायक, संगीतकार, गीतकार र एरेन्जरको अवार्ड चुमेका छन्। विभिन्न रोचक मनोरञ्जक प्रस्तुतिका साथ अघि बढेको समारोहमा अभिनेत्री मेनुका प्रधानले साइँलीबाट उत्कृष्ट अभिनेत्री, नाई नभन्नु ल ३ को बालापनको उमेर बोलको गीतबाट समीक्षा अधिकारीले गायिकाको अवार्ड चुमेकी छिन्।

करिब ६ घण्टासम्म चलेको अवार्ड समारोहमा अनुप बरालले डमरुको डन्डिबियोबाट सह–अभिनेता, सुरक्षा पन्तले फिल्म गोपीबाट सहअभिनेत्री, कथा काठमाडौं बाट संगीता श्रेष्ठले नवनिर्देशक र प्रमोद अग्रहरीले खलपात्रको अवार्ड चुम्दा इन्टु मिन्टु लन्डनमाबाट धिरज मगरले नव अभिनेता र सुहाना थापाले ए मेरो हजुर ३ बाट नव अभिनेत्रीको अवार्ड चुमेका छन्। त्यसै गरी नायक अनमोल केसी र नायिका साम्राज्ञीराज्यलक्ष्मी शाह २०७५ को पपुलर नायक–नायिका सावित भए। समारोहमा जुरी अवार्ड फिल्म हरी र आदिवासी जानजाति फिल्मको अवार्ड तामाङ फिल्म प्राङ्गनलाई प्रदान गरिएको थियो।

मारोहमा ए मेरो हजुर ३ बाट कविराज गहतराजले नृत्य निर्देशक र साहिल खानले ट्रेलर, हरीबाट चिन्तनराज भण्डारीले छायांकार र मित्र गुरुङ डी गुरुङले कथा काठमाडौंबाट सम्पादक, मुकेश शाहले डमरुको डन्डिबियोबाट ध्वनी मिश्रण र एलिस कार्कीले ब्याकग्राउण्ड स्कोर, पासाङ टी शेर्पाले रोमियो एण्ड मुनाबाट कला निर्देशक र शमशेर लामाले मेकअप एण्ड हेयर तथा भिएफएक्सको अवार्ड चुमेका छन्।

त्यस्तै अर्जुन कार्कीले हरीबाट रंग संयोजन, युवि थापाले इन्टु मिन्टु लण्डनमाबाट कस्ट्युम डिजाइनको अवार्ड चुमेका थिए। अवार्ड समारोहमा शोभित बस्नेत, सलोन बस्नेत, प्रमोद अग्रहरी, छुल्ठिम गुरुङ, सुरक्षा पन्त, रिश्ता अधिकारी, जेविका कार्की, रुविना थापा, नरेशविक्रम सिंहलगायतले विभिन्न प्रस्तुति प्रस्तुत गरेका थिए। त्यस्तै प्राविधिक प्राविधिक हामी प्राविधिक बोलको गीतमा द्वन्द्व कलाकार, निर्देशकलगायतका प्राविधिकले पनि प्रस्तुति दिएका थिए।

प्रतिक्रिया दिनुहोस्