अरुण उपत्यका पुग्नै सकस



समुन्द्र सतहभन्दा ३६ सय मिटरसम्म गहिरो अनुमान गरिएको अरुण उपत्यका विश्वमा नै सर्वाधिक गहिरो उपत्यका हो । यहाँ ६ सयभन्दा बढी जातिका चराहरु पाइन्छन् । यो उपत्यका विश्वमा बढी चराहरु भएको उपत्यका भनेर जानिन्छ ।

विश्वकै होचो उपत्यका अरुण उपत्यका स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने पर्यटकीय गन्तव्यका रुपमा रहेको छ । अरुण उपत्यका संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीबाट १३ किलोमिटर टाढा पर्छ । अरुण उपत्यकामा पूर्वकै प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसमेत रहेको छ । सो उपत्यकामा सती प्रथाको विरुद्धयोगमाया न्यौपानेले आफ्ना ६८ जना अनुयायीहरूका साथ जलसमाधि लिएकी थिइन् ।बालागुरु षडानन्द अधिकारीले शिक्षाको ज्योति छरेको उपत्यका भनेर पनि सो उपत्यकालाई चिनिन्छ । यातायातको असुविधाको कारणले गर्दा यो ठाउँले पाउनुपर्ने जति चर्चा पाउन सकेको छैन । भौगोलिक तथा सांस्कृतिक विविधताले भरिएको यो उपत्यकालाई पर्यटकीय दृष्टिले अत्यन्तै महत्वपूर्ण स्थानको रूपमा लिने गरिन्छ ।

तर, भरपर्दो सडक सञ्जाल र भौतिक पूर्वाधारको विकास हुन नसक्दा प्रशस्त सम्भावना रहेको पर्यटन व्यवसाय फस्टाउन सकेको छैन । अरुण उपत्यका पर्यटकीय गन्तव्यमध्ये सबैभन्दा श्रेष्ठ स्थानको हो । चीनको तिब्बतबाट बगेर आउने अरुण नदी सप्तकोशीको मुख्य सहायक नदी हो भने अरुणको मुख्य सहायक नदी वरुण हो । कञ्चन पानी बग्ने वरुणको शिर मकालु हिमाल हो ।नेपाल पर्यटन बोर्डले प्रकाशित गरेको ब्रोसरमा अरुण नदीमा ८३ प्रजातिका माछा पाइने उल्लेख छ । अरुणमा ठूलो बाढी आउँदा कत्ले माछा उफ्रेर यो भञ्ज्याङ पार गरी सभा खोलामा पुगेका थिए रे ।
– शोभा भण्डारी, संखुवासभा 

प्रतिक्रिया दिनुहोस्