मानव अधिकार रक्षक सम्बन्धी अभिमुखीकरण



बासुदेव शर्मा ,जाजरकोट  ।

सवैका लागी घर घरमा मानव अधिकार शान्ति र विकासको आधार भन्ने मुल भावका साथ मानव अधिकार रक्षक अभिमुखीकरण गोष्ठी सदरमुकाम खलंगामा सम्पन्न भएको छ ।राष्ट्रिय मानव अधिकार आयोग काठमाण्डौको आयोजनामा जाजरकोट सरदमुकाम खलंगामा अधिकारकर्मीको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम भएको हो ।

मानव अधिकारका क्षेत्रमा काम गर्दै आएका जिल्ला स्थित अधिकारकर्मीहरुलाई नेपालको संविधानले समाबेश गरेका नीति नियम तथा अवलम्वन गरेका विषयमहरुमा छलफल भएको थियो । नागरिकलाई कानुनी विषयमा जिम्मेवार वनाउन नागरिकले गर्नु पर्ने दायित्वका वारेमा जानकारी गरी मानव अधिकारमा उत्प्रेरणा दिने उद्धेश्यले हिसा रहित समाज निर्माण गर्न न्याय नपाएर छटपटाई रहेका नागरिकका सवालहरुलाई सरोकारवाला निकाय समक्ष पुरयाउन नागरिकले गर्नु पर्ने जिम्मेवारीका बारेमा जानकारी गराउन कार्यक्रमको आयोजना गरेको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।मानव अधिकार आयोगका दिपेन्द्र वहादुर सिहले मानव अधिकारको परिचय, मानव अधिकार उलंघन र अपराध सम्वन्धमा अवधारणगत स्पष्टता अधिकारको सिद्धान्त, विश्वव्यापकता अभिमान्यता, गैर भेदभाव अन्तरनिर्भर समानता, सहभागीता र समाबेशीता जवाफदेहिता र कानुनी शासन मानव अधिकार रक्षक मानव अधिकार रक्षकका प्रकार, काम कर्तव्यका वारेमा प्रकास पार्नु भएको थियो ।

अधिकारको रक्षाका लागी नागरिकले आफनो घरवाटै मानव अधिकार सुनिश्चित गर्नु पर्ने कार्यक्रमका प्रशिक्षक सिहले वताउनु भयो । परिवारको दैनिक जिवनमा आईपर्ने मुख्य समस्याहरु समाधन गरी हेपा प्रबृतिले नहेरी समानान्तर तरिकाबाट काम गर्न सके मानव अधिकारको रक्षा हुने वताउनु भयो । उहाँले सवै अधिकारको संयोजनबाट मानव अधिकार पुर्ण हुने हुदाँ राज्य पक्ष र नागरिक पक्षको दायित्व समान रहेको बताउनु भयो ।राष्ट्रिय मानब अधिकार आयोग लुम्वीनी प्रदेश शाखा कार्यालय नेपालगंञ्जका प्रमुख झंकर बहाुदर रावलले मानव अधिकारले गर्ने अनुगमन, सिद्धान्त, उद्धेश्य लगाएका विषयमा प्रस्ट पर्नु भएको थियो । कुनै पनि घटनाको मुद्धा आयो भने छिटो छरीलो किनारा लगाउनु भन्दा अध्ययन अनुसन्धान गरि सत्य तथ्य पत्ता लगाई न्याय दिनु पर्ने वताउनु भयो । मानव अधिकार रक्षकहरु कुनै पार्टी संगठनमा समावेश भएको हुनु हुदैन त्यस्तो व्यक्तिबाट निस्पक्ष न्याय पाउन नसक्ने भएकोले निष्पक्ष नागरिक हुनु पर्ने वताउनु भयो ।

घटना घटेपछि तत्काल सम्वन्धित निकायमा सत्य तथ्य प्रमाण पेश गरे पिडितले छिटो छरितो न्याय पाउने वताउनु भयो ।विभिन्न समयमा जाजरकोटमा घटेका घटनाहरु छानविन नहुदाँ पीडितले न्याय पाउन नसकेको जिल्ला स्थित अधिकारकर्मीले भनाई राखेका थिए । कार्यक्रमका प्रशिक्षक दिपेन्द्र बहादुर सिहले नागरिककर्मीले सम्वन्धित निकायको ध्यानाकर्षण गराउनु पर्ने वताउनु भयो ।प्रहरीसग मात्र नभएर स्वास्थ्य, शिक्षा, कृषि लगाएतका कार्यालयमा नागरिकका अधिकार हुने हुदाँ सम्वन्धित निकायसग जानकारी लिन आग्रह गर्नु भयो । मानव अधिकारको रक्षाका लागी आयोगको जति भुमिका छ त्यति अधिकार नागरिकसग हुदाँ नागरिकका अधिकार स्थापित गर्न आग्रह गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्