जुन्ता सरकार विरुद्ध क्रान्तिको प्रतिवद्धता



याँगुन,(एजेन्सी) ।
सैनिक विद्रोह मार्फ अपदस्थ गरिएका म्यान्मारका राजनीतिज्ञहरुको समुहका नेताले आइतवार वर्तमान सरकार विरुद्ध क्रान्ति गर्न जोड दिने प्रतिवद्धता जनाएका छन् । आफ्नो पहिलो सार्वजनिक सम्वोधनको क्रममा नेता माह विन खाइँग थानले भनेका छन् , ‘ यो मुलुककै सबैभन्दा अँध्यारो क्षण र बिहानी थुनिएको क्षण हो । ’ भुमिगत स्थानबाट उनले गत महिनाको सैनिक विद्रोह अस्विकार गर्ने विधायकहरुको समुहको नेतृत्व गरिरहेका छन् ।

आइतवार पनि जुन्ता सरकार विरुद्धको जन प्रदर्शन जारी रहेको छ । यसै क्रममा थप पाँच जना प्रर्दर्शनकारीको ज्यान गएको छ ।स्थानिय संचार माध्यम र एकजना डाक्टरले उत्तरी शहर पाकान्तमा सुरक्षाकर्मिहरुको गोली लागेर एकजना युवकको ज्यान गएको बताएका छन् । यसैगरी मुख्य शहर याागुन नजिकको बागोमा अर्को एक युवकको पनि गोली लागेर मृत्यु भएको छ ।स्थानिय संचार माधयमले अन्य तीनजना प्रदर्शनकारी याँगुनमा मारिएको जनाएको छ । विविसि बर्मेली र प्रत्यक्षदर्शीहरुका अनुसार शनिवार १२ जना प्रदर्शनकारीको ज्यान गएको थियो ।गत साता सेनाले प्रजातन्त्रवादी नेतृ आँग सान सुकीले ६ लाख अमेरिकाी डलर र ११ किलो सुन अवैध रुपमा लिएको अभियोग लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्