उत्तर कोरियाद्वारा अमेरिकाको सम्पर्क प्रयासको वेवास्ता



वासिंगटन,(एजेन्सी) ।
अमेरिकी राष्ट्रपति जोय बाइडेनको नेतृत्वमा रहेको सरकारले गत फ्रेब्ुअरी देखि नै आफुले उत्तर कोरियाली सरकारसंग सम्पर्क राख्ने प्रयास गरिरहेको तर अझै सम्म पनि कुनै पनि प्रतिक्रिया प्राप्त भइ नसकेको जनाएको छ । अमेरिकी सरकारी अधिकारीहरुले आपसी तनाव बढ्न नदिन थुप्रै फरक फरक बाटोबाट प्योंगयांग सम्म पुग्ने प्रयासहरु गरिएको जानकारी दिएका छन् ।

उत्तर कोरियाको परमाणविक हातहतियार विकास कार्यक्रम र व्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रमको कारण लामो समय देखि अमेरिका र उत्तर कोरियाबिच मतभेद रहँदै आएको छ । बाइडेन अघिका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनसंग गरेका तीनवटा वार्ताबाट थोरै मात्र उपलबिध हासिल हुन सकेको थियो । ति वार्ताले उत्तर कोरियालाई परमाणविक हातहतियार कार्यक्रम त्याग्न लगाउन सकेको छैन । यो अमेरिका र अन्य पश्चिमी शक्ति राष्ट्रहरुको प्रमुख माग रहँदै आएको छ ।

उत्तर कोरियाली सरकारी संचार माध्यमले समेत अझै सम्म जोय बाइडेनलाई अमेरिकाको राष्ट्रपतिको औपचारिक मान्यता दिइसकेको छैन ।
अमेरिकाले प्याेंगयांगसंग संवाद गर्ने प्रयास गरेकाहरु मध्ये संयुक्त राष्ट्र संघ स्थित उत्तर कोरियाली मिसन अर्थात ‘ न्युयोर्क च्यानल ’ पनि एक हो । त्यसैगरी एक जना वरिष्ठा अमेरिकी सरकारी अधिकारीले डोनाल्ड ट्रम्पको राष्ट्रपतिकालको उत्तरार्ध देखि अर्थात १२ महिना भन्दा लामो समय देखि उत्तर कोरियासंग सम्पर्क राख्ने धेरै प्रयास हरु हुँदै आएको तर सफल हुन नसकेको अन्तर्राष्ट्रिय समाचार निकाय रोयटर्सलाई बताएका छन् ।
बाइडेनले उत्तर कोरियासंगको नीति माथि पुनरावलोकन भइसकेको घोषणा गरिसकेका छन् । आगामी अप्रिलमा सो नीति सार्वजनिक हुने अपेक्षा गरिएको छ । बाइडेनले किम लाई ठगको संज्ञा दिएका छन् ।

साथै उनले उत्तर कोरिया माथि लगाइएको अमेरिकी र संयुक्त राष्ट्र संघको कडा नाकावन्दि हटाइनु अघि उत्तर कोरियाले परमाणविक हतियार कार्यक्रम पूर्ण रुपमा त्याग्नुपर्ने विचार पनि व्यक्त गरेका छन् । तर किम भने निरन्तर रुपमा सैन्य शक्रि विस्तार , लामो दूरीका थप शक्रिशाली क्षेप्यास्त्र विकास , जासुसी भूउपग्ह निर्माण र परमाणविक शक्तिबाट चल्ने पनडुब्बी विकास कार्यमा लागिपरेका छन् । साथै किमले अमेरिकालाई शत्रुतापूर्ण नीतिहरु त्याग्न पनि आब्हान गदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस्