सल्यानमा दुई लाख बढी भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप



न्युज अफ नेपाल,सल्यान ।

सल्यानका २ लाख बढी भेडाबाख्रालाई पीपीआर विरुद्धको खोप लगाइएको छ । जिल्लाका दस वटै स्थानीय तहका दुई बढी पशुलाई खोप लगाइएको हो । भेडाबाख्रालाई संक्रामक रोगविरुद्ध दुई लाख ४९ हजार भेडाबाख्रालाई पिपिआर विरुद्धको खोप लगाइएको पशु अस्पताल तथा पुश सेवा कार्यालय सल्यानले जनाएको छ ।

भेडाबाख्रामा रोगको महामारी फैलन नदिन खोप अभियान सञ्चालन गरी पीपीआर विरुद्धको खोप लगाएको कार्यालयका प्रमुख कपिल प्रसाद उपाध्यायले बताउनु भयो । उहाँले भन्नु भयो, ‘पिपिआर एक प्रकारको हैजा रोग हो । नाक र आँखामा बाक्लो केस्रा आउने, सिँगान आउने, गिजामा घाउँ हुने, अत्याधिक ज्वरो आउने, झोक्राउने जस्ता लक्षण देखा पर्छन ।

कार्यालयका अनुसार बागचौर नगरपालिकामा ३० हजार, बनगाड कुपिण्डे नगरपालिकामा २५ हजार, शारदा नगरपालिका ३० हजार, कालिमाटी गाउँपालिकामा ३० भेडाबाख्रामा पिपिआर विरुद्धको खोप लगाइएको छ । यस्तै कपुरकोट गाउँपालिका २० हजार, त्रिवेणी गाउँपालिकामा २०, छत्रेश्वरी गाउँपालिका २० हजार, सिद्ध कुमाख गाउँपालिकामा २५ हजार , कुमाख गाउँपालिकामा २० हजार र दार्मा गाउँपालिकामा २० भेडाबाख्रालाई खोप लगाइएको कार्यालय प्रमुख उपाध्यायको भनाई छ ।

सल्यानका लागी २ लाख ६४ हजार भ्याक्सिन आएकोमा आपतकालका लागि १५ हजार स्टक राखिएको उनको भनाई छ । सल्यानमा ४ लाख ७६ हजार बाख्रा र २६ हजार भेडा रहेको कार्यालयले जनाएको छ । दुधमा सबै प्रकारको रोग विरुद्ध लडन सक्ने क्षामता हुने भएकाले तीन महिना भन्दा साना पाठापाठीलाई खोप दिनु नपर्ने उहाँले बताउनु भयो । यस्तै भ्याउने बाख्रालाई पनि किसानहरु पीपीआर खोप लगाउन इच्छुक नदेखिएको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्