लाहान मालपोत कार्यालयमा बम विस्फोट : ८ घाइते, घटनास्थलमा गोइत समूहको पर्चा भेटियो



न्युज अफ नेपाल, लहान ।

सिराहाको लाहान नगरपालिकास्थित मालपोत कार्यालयमा भएको बम विस्फोटमा परी घाइते हुनेको संख्या ८ पुगेको छ । घाइते मध्ये सेवाग्राही दिनेकुमार भण्डारीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । घाइतेहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ ।

त्यस्तै, घटनास्थलमा तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समुहको पर्चा भेटिएको छ । विष्फोट भएको स्थानमा उक्त समूहको पर्चा भेटिएका कारण सोही समूहले कुकर बम विष्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको थप अनुसन्धान चलिरशेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्