अटो रिक्सामा एनसीसी बैंकको क्युआर कोड



काठमाडौं, (नेस) । 

विराटनगर नोबेल मेडिकल कलेज रुटमा चल्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । एनसीसी बंैकले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका गरेपछि केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत् भुक्तानी गर्न सकिने भएको छ । नगदरहित कारोबार शुरु भएको बताउँदै गभर्नर महाप्रसाद अधिकारीले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्