एनएमबि बैंकको गुद्री बजारमा क्युआर कोर्ड



काठमाडौं, (नेस) ।

एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित तरकारी, फलफूल तथा गुद्री बजार, विराटनगरमा क्युआर कोर्डमार्फत् नगदरहित भुक्तानीलाई प्रवद्र्धन गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आथित्यमा र एनएमबि बैकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीको सभापतित्व रहेको उक्त कार्यक्रममा भएको हो ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले सन्तोषीदेवी भगतलाई १० लाख रुपियाँ महिला उद्यमी सहुलियत कर्जाको स्वीकृतिपत्र प्रदान गर्दै कार्यक्रमको उद्देश्यमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रममा उक्त बजार व्यवस्थापन समितिका तर्फबाट सचिव गुड्डु साहेबले मन्तव्य राख्नु भएको थियो । त्यस्तै गर्भनर अधिकारीले नगद कमभन्दा कम प्रयोग गर्न आह्वान गदै क्युआर कोर्ड प्रयोग गरी कागती खरिद गरेर कार्यक्रमको औपचारिक शुभारम्भ गर्नु भएको थियो ।बैंकले साना तथा मझौला उद्यमीलाई विगतदेखि केन्द्रबिन्दुमा राखेर सहकार्य गर्दै आएको छ । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगदरहित कारोबार प्रवद्र्धन तथा साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोर्डमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङतर्फ प्रोत्साहन गर्ने बैंकको प्रयास रहेको छ ।

‘यो परियोजना नेपाल राष्ट्र बैंकको निर्देशन अनुरूप डिजिटलाइजेसनतर्फ केन्द्रित रही नगदरहित समाज रूपान्तरणको दिशामा उन्मुख छ । वर्तमान परिवेश र सुरक्षाका मापदण्डलाई मध्यनजर गर्दै बैंकले आगामी दिनहरुमा आफ्ना ग्राहकलाई विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्नेमा प्रतिबद्ध छौं ।’ प्रमुख कार्यकारी अधिकृत केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्