अम्बानी प्रकरण : प्रहरी अधिकारी गिरफ्तार



एजेन्सी ।

केही दिन अघि भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको घटनामा एक प्रहरी अधिकारी नै गिरफ्तारमा परेका छन् ।

उक्त घटनाको अनुसन्धान गरिरहेको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले मुम्बई प्रहरीमा कार्यरत सचिन वाजेलाई शनिबार राति गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । वाजेलाइृ करिब १२ घण्टासम्म बयान लिइएको थियो । आज उनलाई अदालतमा पेस गरिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्