‘अन्य देशको तुलनामा नेपालको अर्थतन्त्र छिटो तंग्रिदै’



नेपाल समाचारपत्र, काठमाडौं

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले अर्थतन्त्रलाई ‘रिभाइभ’ गरेको दाबी गर्नुभएको छ । उद्योग संगठन मोरङको ४८औं वार्षिक साधारणसभालाई उहाँले थला परेको अर्थतन्त्रलाई मौद्रिक नीतिले उठाएको बताउनुभएको हो ।अन्य मुलुकका तुलनामा नेपालको ‘रिकभरी’ स्थिति उच्च रहेको उल्लेख गर्दै पछिल्लो सात महिनामा ५ खर्ब ७७ अर्बको कर्जा प्रवाह र ५ खर्ब निक्षेप संकलन भएको बताउनुभयो ।

मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनले छोटो समयमै परिस्थितिको रूपान्तरण सम्भव भएको गभर्नर अधिकारीको भनाइ छ । अहिले राष्ट्र बैंकले रेगुलेटरभन्दा पनि फ्यासिलिटेटरको भूमिकामा रहेको भन्दै २–४ महिनाको ब्याजको छुटमा नरमाउन व्यवसायीलाई आग्रह गर्नुभयो । ‘अहिले साढे १२ प्रतिशतको ब्याज ९ प्रतिशतभन्दा तल आइसकेको छ, केन्द्र्र्रीय बैंकले यसलाई अझै घटाउन र नभए पनि स्थिर राख्न प्रयास गरिरहेको छ । ब्याजदर सिंगल डिजिटमै हुनुपर्छ भन्ने राष्ट्र बैंकको मान्यता हो। प्रत्येक कर्जाले आयात व्यापार नभई आन्तरिक उत्पादनमा वृद्धि जोड दिनुपर्छ गभर्नर अधिकारीले भन्नुभयो । उत्पादन वृद्धि नहुँदा आयाता बढेको उल्लेख गर्दै अझै पनि ८० प्रतिशत आलु–प्याज विदेशबाट आउने गरेको छ, के आयात र खरिदका लागि मात्रै कर्जा प्रवाह गरेको हो रु गभर्नर अधिकारीको प्रश्न छ ।समग्र बैंकिङ नीतिमै समयसापेक्ष परिमार्जन गर्दै सहुलियत र सुविधामा एकरूपता कायम गर्ने पक्षमा रहेका दाब िगर्दै उहाँले कर्जा प्रवाहपछि आर्थिक गतिविधि तीव्र भई अर्थतन्त्र चलायमान भए मात्र बैंकिङ गतिविधि पनि थप क्रियाशील हुने धारणा राख्नुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपालको अर्थतन्त्र तंग्रिए पनि होटल, सिनेमा हल र पर्यटन क्षेत्र अझै उठ्न नसकेको बताउनुभयो । महासंघले सन् २०३० सम्म नेपालको अर्थतन्त्र सय अर्ब डलरको अर्थतन्त्र बनाउने र थप २२ लाख जनालाई रोजगारी दिने महासंघले अवधारणापत्र बनाएको उल्लेख गर्दै साना तथा मझौला व्यवसायीले पुनर्कर्जा सहज रूपमा पाउनुपर्नेमा जोड दिनुभयो । निर्यात वृद्धि गरेर व्यापार घाटा कम गर्नुपर्ने भन्दै कृषि, उद्योग र सेवा क्षेत्रमा गरी १० वटा विधामा काम गर्नुपर्ने महासंघको धारणा रहेको अध्यक्ष गोल्छाले बताउनुभयो । उहाँले भन्नुभयो–‘ महासंघको भिजन–पेपर चैत मसान्तसम्ममा सार्वजनिक भइसक्नेछ, यसमा हामीले सय वटा सुझाव तयार गरेका छौं। सुझावउपर छलफल भइरहेको छ। प्रकाशित गरेपछि योजना आयोग, अर्थ, उद्योग–वाणिज्य मन्त्रालयलगायत सरकारका सबै आवश्यक निकायमा पेश गर्छौं।’

त्यस्तै सो कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष सतीशकुमार मोरले प्रत्यक्ष वैदेशिक लगानीलाई सहज वातावरण नदिएसम्म निर्यात वृद्धि हुन नसक्ने धारणा राख्नुभयो । नेपालको कुल गार्हस्थ्य उतपादन ९जीडीपी०मा ७६ प्रतिशत योगदान गर्ने निजी क्षेत्रलाई नै कोरोना भ्याक्सिनको प्राथमिकतामा पछि पारिएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्