प्रेसिडेन्टस् कप इनहाउसलाई



नेपाल समाचारपत्र, काठमाडौं । 

विजय श्रेष्ठ इनहाउसले प्रेसिडेन्टस् कप गल्फ प्रतियोगिताको उपाधि हात पारेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार भएको प्रतियोगितामा ४० स्टेबेलफोर्ड अंकसँगै इनहाउसले प्योर सिल्भर रनिङ ट्रफी जितेका हुन् । उनले ६, ७, १२, १७ र १८ होलमा बर्डी खेल्दै सर्वाधिक बर्डीको पुरस्कार पनि हासिल गरे ।

प्रतियोगितामा रविन्द्र साइनी र जिग्मे डोङस्टेट्सांगले समान ३९ अंक जोडेपछि दोस्रो स्थानका लागि टाइब्रेकर भएको थियो । साइनीले काउन्ट ब्याकमा २१ अंक जोडेको आधारमा दोस्रो स्थानमा प्राप्त गरे । जबकि डोङस्टेट्सांगले ब्याक नाइनमा १७ अंक बटुलेका थिए ।यस्तै, टासी छिरिङ र साम डबलार्डबीच पनि ग्रस पुरस्कारका लागि टाइ भएको थियो । उनीहरू दुवैले ग्रस ३७ अंक जोडेका थिए । तर, छिरिङले ब्याक नाइनमा २० अंक जोडेको आधारमा ग्रस ट्रफी जित्न सफल भए । डबलार्डले ब्याक नाइनमा १७ अंक जोडेर उपाधिबाट चुकेका थिए ।

महिला विधातर्फ काश्मीरा शाहले ४० अंक जोडेर पहिलो स्थान हासिल गरिन् । उनले चौथो र १०औं होलमा बर्डी खेलेकी थिइन् । सोनाम ओङ्दी लामाले २८ अंकसहित दोस्रो स्थानमा चित्त बुझाएकी थिइन् । यस्तै ७९ गल्फरको सहभागिता भएको प्रतियोगिताअन्तर्गत माधव सिम्खडाले क्लोजेस्ट द पिन, साम डबलार्डले लङ्गेस्ट ड्राइभको पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्