पुलिसले मेयर कप उपाधि सहजै जित्यो



फिरोज राजोपाध्याय, काठमाडौं । 

नेपाल पुलिस क्लबले ‘काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता’को उपाधि शनिबार जितेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको उपाधि भिडन्त खेलमा पुलिसले शसस्त्र पुलिसको नेपाल एपीएफ क्लबलाई सहजै हराएको हो । एपीएफले मात्र १ सय ६ रनको लक्ष्य दिएकोमा पुलिसले २४.१ ओभरमा २ विकेट गुमाएर आरामका साथ उपाधि र ५ लाख हात पा¥यो । एपीएफ २९.४ ओभरमा सबै विकेट गुमाएर १ सय ५ रनमा समेटिएको हो । उपविजेतामा सीमित एपीएफले ३ लाखमै चित्त बुझाउनुप¥यो । ५०÷५० ओभरको खेल दुवै पक्षले गरेर ५३.५ ओभरमै समाप्त हुन पुग्यो । रोमाञ्चक हुने आसमा खेल हेर्न आएका दर्शकहरू निरास बन्नुप¥यो ।
एपीएफलाई सस्तैमा समेट्न पुलिसका बलर गुलशन झा र सागर ढकालले घातक बलिङ गरेका थिए । गुलशन र सागरले ४-४ विकेट लिए । दुई विकेट पवन शर्राफ र ललित राजवंशीले बाँडेका थिए । उनीहरूको घातक बलिङले गर्दा पुलिसले एपीएफको ब्याटिङ ध्वस्त पारेको थियो । ओपनरद्वय र कप्तान शरद भेषवाकर शुरूको ३ ओभरभित्रै पभेलियनको बाटो लाग्नु पनि एपीएफको ब्याटिङ फ्लप भएको थियो । एपीएफका लागि वसन्त रेग्मीले सर्वाधिक २२ रन तथा सन्दीप जोरा र अमर रौतेलाले १८-१८ रन बनाए । यसपछि भुवन कार्कीले १४ रन र अविनाश बोहोराले १२ रन जोडे । बाँकि ब्याटसम्यानले दोहोरो अंक पनि छुन सकेनन् ।ओपनर शंकर रानालाई गुलशनले खेलकै पहिलो ओभरको पाँचांै बलमै व्यक्तिगत ४ रनमा आउट गरेका थिए । अर्का ओपनर आसिफ शेख दोस्रो ओभरको तेस्रो बलमा सागरको शिकार भए । आसिफ शून्यमै आउट भएका थिए । कप्तान शरद खेलको तेस्रो ओभरको पहिलो बलमा आउट भए । उनी गुलशनको बलमा दिलीप नाथद्वारा विकेट पछाडि क्याच आउट हुन पुगेका थिए । उनी पनि शून्यमै पभेलियन फर्केका थिए ।

३ विकेट १० रन बनाएको एपीएफका लागि भुवन र सन्दीपले केही राहत प्रदान दिन कोशिस गरे । उनीहरूले चौथो विकेटका लागि ३२ रनको साझेदारी गरेपछि भुवन आउट भए । यो साझेदारीलाई तोडे गुलशनले । उनले भुवनलाई विकेट पछाडि दिलीपद्वारा आउट गराएका थिए । त्यसपछि ५ रन जोड्दा सन्दीप पनि पभेलियन पुगे । सन्दीपको विकेट ललितले लिएका थिए । योसँगै पुलिसले १२.१ ओभरसम्म एपीएफका शीर्ष ५ ब्याटसम्यानलाई आउट ग¥यो । यहीबाट नै एपीएफको लागि पुलिसको नियन्त्रणबाट बाहिर निस्कन कठिन भएको थियो ।एपीएफका खेलाडीहरू दबाबमै खेलिरहँदा पुलिस खेल हावी बन्दै गयो । पुलिसले छैटो विकेट पनि छिटै लियो । स्कोर ६१ हुँदा सुमित महर्जनलाई पवनले आउट गरेका थिए । सुमितले २९ बलमा ४ रन जोडेका थिए । त्यसो त चर्को दवावमा पनि वसन्त र अमरले पुलिसका बलरविरूद्ध रन जोडेर टिमको स्कोर बढाए । तर, उनीहरूको प्रयास पनि ३० रन साझेदारीपछि नै अन्त्य भयो । सागरले अमरलाई बोल्ड गरेर यो साझेदारी तोडेका थिए । यतिबेलासम्म एपीएफले ७ विकेट गुमाएर ९१ रन जोडेको थियो ।

बाँकि तीन विकेट १४ रन जोडेर आउट भएपछि एपीएफको उपाधि जित्ने आस लगभग सकिएको थियो । ९२ रन हुँदा वसन्तलाई सागरले आउट गरे भने १ सय ५ रनमा गुलशनले कमल ऐरी (१ रन) र अविनाशलाई सागरले आउट गरेका थिए । पुलिसका बलरमा गुलशनले ४ विकेट लिन ३६ रन खर्चिंदा सागरले त्यति नै विकेट लिन २८ रन खर्चेका थिए । ललितले १ विकेट लिन १० रन खर्चे भने पवनले एक विकेटका लागि २० रन दिएका थिए ।जवाफमा पुलिसका लागि सामान्य लक्ष्य भेटाउन त्यति गाह्रो भएन । एपीएफका बलरले शुरूमै विकेट लिन नसक्दा पनि पुलिसले राम्रो शुरूआत ग¥यो । ओपनर सुनील धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ३३ रन जोडेका थिए । भुवनले १५ रन जोडेका कुशलको विकेट लिएर एपीएफले पुलिसलाई पहिलो झट्का दियो । तर, सुनील र अनिल साहले ६८ रनसम्म पु¥याएर एपीएफको बलिङ खराब भएको पुष्टि गरिदिए । अनिललाई व्यक्तिगत १५ रनमा अविनाशले आउट गरेका थिए ।त्यसपछि, सुनील र दीपेन्द्र सिंह ऐरीले तेस्रो विकेटका लागि अपराजित रहेर ४२ रनको साझेदारी गरेपछि पुलिसले उपाधि उचाल्न तयार भयो । टिमलाई जित दिलाउन प्रमुख भुमिका खेलेका ओपनर सुनीलले ७ चौका र २ छक्कासहित ५९ रनको योगदान दिए । यस्तै, दीपेन्द्रले ११ रन बनाएका थिए । एपीएफका बलरमा अविनाशले १ विकेट लिए पनि ६.१ ओभरमा ४८ रन खर्चेर महँगो साबित भए । भुवनले भने १ विकेट लिन ५ ओभरमा मात्र १३ रन खर्चेका थिए ।

उत्कृष्ट र पुरस्कार रकम
दीपेन्द्र सिंह ऐरी (पुलिस) ‘सर्वोत्कृष्ट खेलाडी’ ५० हजार
विनोद भण्डारी (आर्मी) ‘उत्कृष्ट ब्याटसम्यान’ २५ हजार
अरियो पौडेल (बागमती) ‘उत्कृष्ट बलर’ २५ हजार

प्रतिक्रिया दिनुहोस्