स्वास्थ्य चौकीमै एमबिबिएस डाक्टर



बैतडी, (नेस) ।

बैतडीको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटस्थित स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरले सेवा दिदा बिरामीलाई सहज भएको छ । कोभिड अस्थाई अस्पताल स्थापना भएपछि गत पुस २० गतेदेखि एमबिबिएस डाक्टर कुमार कार्की आउनुभएको छ ।कोरोनाका जटिल बिरामीको स्थानीयस्तरमै उपचार गर्न अस्थाइ अस्पताल स्थापना गरिएको थियो । तर कोरोनाका जटिल बिरामी नआउँदा डाक्टर कार्कीले हाल श्रीकोट स्वास्थ्य चौकीमा बसेर परामर्श तथा सेवा दिइरहनुभएको छ ।

डाक्टरले सेवा दिन थालेपछि सेवाग्राहीको संख्या पनि बढेको श्रीकोट स्वास्थ्य चौकीका इञ्चार्ज वीरसिंह भाटले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ पहिला औषतमा दैनिक १० जना आउने गरेकोमा हाल २५ जनासम्म आउने गरेका छन् , यसअघि वडाभित्रैको बिरामी आउने गरेकोमा डाक्टरले सेवा दिन थालेपछि हाल वडाबाहिरका बिरामी पनि आउछन्।

कोरोनाका जटिल बिरामी कोही नआउने गरेकोले आफूले हाल श्रीकोट स्वास्थ्य चौकीमा ओपिडी सेवा दिइरहेको डाक्टर कुमार कार्कीको भनाई छ । उहाँले भन्नुभयो,। आफू आएपछि बिरामीहरु बढेका छन्, आफ्नो क्षमताअनुसार बिरामीको उपचार परामर्श दिने गरेको छु”गाउँमै चिकित्सकिय सेवा पाउँदा निकै सहज भएको स्थानीय सिता सिंहले बताउनुभयो । उहाँले भन्नुभयो,। स्वास्थ्य चौकीमा पाउँने सेवाका साथै परामर्शका लागि सजिलो भएको छ  ।

श्रीकोट स्वास्थ्य चौकीमा प्रयोगशाला सेवा समेत सञ्चालनमा रहेको छ । बैतडीको दोगडाकेदार गाउँपालिकासहित जिल्लाका ५ स्थानीय तहमा हाल कोरोना अस्थाइ अस्पतालमा चिकित्सक रहेका छन् । दशरथचन्द नगरपालिका बाहेक अन्य बाँकी ४ स्थानीय तहका कोरोना अस्थाइ अस्पतालमा भने चिकित्सक छैनन् । अस्थाइ अस्पतालका लागि चिकित्सक आउन नमानेका हुन् ।संघीय सरकारले कोभिड अस्थाई अस्पतालका लागि स्थानीय तहलाई १० लाख रुपैंया बजेट पठाएको थियो । जसमा ५ शैय्याको अस्थाइ अस्पताल निर्माण गर्ने , १ जना एमबिबिएस डाक्टर , २ जना स्टाफ नर्श र १ जना कार्यालय सहयोगीको पारिश्रमिक दिने भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्