सल्यानमा ‘रन फर फन’ प्रतियोगिता



सल्यान, (नेस) । 

नेपाली सैनिक दिवस तथा महाशिवरात्रीको अवसरमा सल्यानमा दौड प्रतियोगिता गरिएको छ ।नेपाली सेना र नागरिकबिचको सम्बन्ध सुमधुर बनाउन दिवसका अवसरमा सबुज गण सिमखर्कको आयोजनामा सल्यान ‘रन फर फन’ प्रतियोगिता गरिएको हो । चार चरणमा सञ्चालन गरिएको प्रतियोगितामा पाँच किलोमिटर दूरीमा दौडाइएको थियो । प्रतियोगितामा शीर्ष तीन स्थान हासिल गरेका विजेताले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय नगद पुरस्कार प्राप्त गरेका थिए ।

५० वर्ष माथिको खुला महिला दौड प्रतियोगितामा कमला महर्जन पहिलो भइन् । सम्झना केसी दोस्रो र सम्झना श्रेष्ठ तेस्रो भएका हुन् । पुरुषतर्फ वीरबहादुर भडेल पहिलो हुँदा जगत बहादुर राना दोस्रो र धीरेन्द्र भण्डारी तेस्रो भएका छन् । ५० वर्ष मुनिको महिला दौडतर्फ विमला केसी पहिलो, अनु गिरी दोस्रो र यशोदा सेजवाल तेस्रो भए । पुरुषतर्फ आकाश केसी, सोमबहादुर रावत र ठाकुर प्रसाद चलाउने क्रमशः शीर्ष तीन स्थानमा रहे ।

त्यसैगरी, १८ वर्षमुनिको महिला दौडमा तिला बस्नेत पहिलो हुँदा विमला रोका दोस्रो भइन् । ओम कुमारी थापा तेस्रो भए । यस्तै, पुरुषतर्फ हेमराज कुँवर पहिलो, शिव घर्ती दोस्रो र सुनील थापा तेस्रो भएका छन् । सुरक्षाकर्मी तर्फको महिला दौडमा अस्मिता वली पहिलो, बन्दना चन्द दोस्रो र मीना कार्की तेस्रो भए । पुरुषतर्फ खिम बहादुर वली पहिलो भए भने तिलक देवकोटा दोस्रो र विपिननाथ योगी तेस्रो स्थानमा रहे ।

प्रतिक्रिया दिनुहोस्