शाहलाई पुन: अध्यक्षमा चयन गर्दै संस्थाको १६ औँ साधारण सभा सम्पन्न



बासुदेव शर्मा, जाजरकोट ।

दिगो विकासका लागी सहकार्य भन्ने मुल नाराका साथ पहाडी क्षेत्र विकास अभियान जाजरकोटको १६ औ बार्षिक साधारण सभाले पुन प्रदिप जंग शाहलाई अध्यक्षमा चयन गरेको छ । १६ औ साधारण सभाले अध्यक्षमा प्रदिप जंग शाहलाई चयन गरेको हो ।

पहाडी क्षेत्र विकास अभियान जाजरकोटको साधारण सभाको वन्द सत्रले नितिगत निर्णय गर्दै अध्यक्षमा प्रदिप जंग शाह, उपाध्यक्ष असुरुपा श्रेष्ठ, सचिव विराट जंग शाह कोषाध्यक्ष सोजन शाक्य सदस्यमा महेश चौधरी, राजु केसी लगाएत ९ कार्य समिति चयन गरेको छ ।

साधारण सभाले उत्कृष्ट काम गरेको भन्दै ५ कर्मचारी १ जना कानुनी सल्लाहकारलाई कदर पत्रले सम्मान गरेको छ । सम्मान हुने कर्मचारीहरुमा लेखापाल झलक मल्ल, सामाजिक परिचालक निर्मला थापा, शिव शंकर उपाध्यय करिष्मा के सी मान वहादुर चलाउने पहाडी क्षेत्र विकास अभियानका संस्थापनक तथा कानुनी सल्लाहकार प्रकास कुमार शाहीलाई संंस्थाले सम्मान गरेको हो ।

२०५५ सालमा स्थापना भएको संस्थाले ३२ वटा भन्दा बढी सरकारी तथा गैरसरकारी विकास साझेदार दातृनिकायको समन्वयमा काम गरेको प्रतिवेदन सहयात्रा दोस्रो अवसर परियोजनाका व्यवस्थापक भिम केसीले प्रस्तुत गर्नु भएको थियो । संस्था स्थापना भएदेखी १ हजारलाई प्रत्यक्ष रोजगारी दिएको बताउदै हाल ६६ जना कर्मचारी नियामित कार्यरत छन भने ५० जना आशिंक रुपमा कार्यरत रहेको व्यवस्थापक केसीले प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

विगत २२ बर्ष देखी कृषि पशुपालन पोषण स्वच्छता महिला बालवालिका खानेपानी स्वास्थ्य तथा सरसफाई प्राकृतिक श्रोत व्यवस्थापन जलवायु परिवर्तन अनुकुलन गरिवी निवारण जीविकोपार्जन सामाजिक परिचालन सहकारी व्यवस्थापन विपद जोखिम न्युनिकरण उत्पादनसिलता बजारीकरण संस्थागत क्षमता विकास क्षेत्रमा काम गरेको संस्थाले १७ वटा नीति नियम निर्देशिका निर्माण गरी कार्यन्वयनमा ल्याएको छ ।

सक्षम नागरिक उत्पादन गर्न संस्थाले ग्रामीण समुदायका गरिब विपन्न, सिमान्तकृत, महिला, दलित जनजातीलाई विकासको मुल प्रवाहमा ल्याउन आधारभुत आवश्यकता सुनिश्चित गरि सामाजिक परिचालनबाट नागरिकलाई शसक्तिकरण, क्षमता अभिबृद्धीका माध्यामबाट शसक्त बनाउदै आएको पहाडी क्षेत्र विकास अभियानका अध्यक्ष प्रदिप जंग शाहले वताउनु भयो ।

सु शासनलाई संस्थागत गरि पादर्शिता, समावेशिता जवाफदेहिता कायम गर्न सु शासनका औजारहरु प्रयोग गरी कार्यक्रम संचालन गरेको पहाडी क्षेत्र विकास अभियानले हाल ५ वटा परियोजनाहरु संचालनमा ल्याएको छ । सुआहार दोस्रो सहयात्रा दोस्रो अवसर एकिकृत जलश्रोत व्यवस्थापन र पहाडी पारस्थितिकीय प्रणालीमा पोषण परियोजना संचालन रहेको पहाडी क्षेत्र विकास अभियान जाजरकोटले जनाएको छ ।

गैसरकारी संस्थाका सचिव सहदेव बस्नेत नेपाल पत्रकार महासंघका कोषाध्यक्ष दिप वहादुर घर्ति खाद्य कार्यक्रमका कृष्ण थापा स्वास्थ्य सेवा कार्यालयका टिकाराम जैसी भेरी नगरपालिका ४का वडा अध्यक्ष खम्वजंग शाह जिल्ला समन्वय समितिका सदस्य तेज विक्रम शाह भेरी नगरपालिकाका उप प्रमुख भावना भण्डारीले साधारण सभाको सफलतको शुभकामना दिनु भएको थिए ।

प्रतिक्रिया दिनुहोस्