नेपाल समाचारपत्रकर्मी भट्ट सम्मानीत



न्युज अफ नेपाल, काभ्रे ।

नेपाल हेवी इक्वीपमेन्ट व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो राष्ट्रिय महाधिवेशन समारोहमा नेपाल समाचारपत्रका पत्रकार यदु भट्टलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले सम्मान गर्नुभएको हो । उक्त कार्यक्रममा नेपाल समाचारपत्रका पत्रकार भट्टका साथै नागरिक दैनिकका सम्पादक गुणराज लुईटेल, मायालु लामा, तारकेश्वर नगरपालिकाका प्रमुख तथा महासंघका पूर्व महासचिव रामेश्वर बोहरा, महासंघको बागमती प्रदेश सदस्य सुनिल थापा, रामबहादुर गौतम, लक्ष्मण साउद, बालकृष्ण कोईराला, बसन्त प्रसाद भूसाल, अशोक कुमार खनाल, बिनोद विश्वकर्मा, हर्कबहादुर श्रेष्ठ, इन्द्रबहादुर वानिया, गंगा बराल लगायतलाई महासंघलाई आ आफ्नो क्षेत्रबाट सहयोग पुर्याएको भन्दै सम्मान गरिएको थियो ।

मन्त्री श्रेष्ठले अब नेपाली कांग्रेस र भाजपासँग मिलेर सरकार बनाउने तयारी भैरहेकोले सरकारमा आसिन मन्त्रीहरुले जस्ले जे भनेपनि राजीनामा नदिने बताउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नराम्रो देख्नु भनेको देशलाई नै नराम्रो देख्नु हो । त्यसैले कसैले राजीनामा माग्दैमा दिने र लिने कुरै हुँदैन भन्नुभयो ।

मन्त्री श्रेष्ठले प्रधानमन्त्री ओलीलाई फुटबलका माहिर खेलाडी पेलेको सज्ञा दिँदै खेलाडिले जहिले पनि जितका लागि खेल्छ र प्रधानमन्त्री ओली सोही बाटोमा हुनुहुन्छ भन्नुभयो । उहाँले हेवी इक्युपमेन्ट व्यवसायीको पनि प्रशसा गर्नुभयो । मन्त्री श्रेष्ठले यस्ता देश विकासका सारथीहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउँनुभयो ।

व्यवसायीहरुले सरकारको व्यवहारप्रति असन्तुष्टि व्यक्त गरिरहेको बेला मन्त्री श्रेष्ठले प्रशसा गरिरहनुभयो । महासंघका अध्यक्ष ताराबहादुर कुँवरको अध्यक्षतामा नेपाल हेवी इक्वीपमेन्ट व्यवसायी महासंघको चौथो साधारण सभा तथा दोस्रो अधिवेशनको उद्घाटन कार्यक्रम सम्पन्न भएको हो । अधिवेशनको बन्द सत्र धुलिखेल स्थित सारथी होटलमा जारी छ ।

प्रतिक्रिया दिनुहोस्