खनाल-नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला चैत ४ र ५ काठमाडौंमा हुने



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेको खनाल–नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार (आज) बसेको बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको हो ।

नेता भीम रावलका अनुसार केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई भेलामा बोलाइएको हो ।त्यस्तै, आजको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको पनि जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्