एमालेमा नेपाल पक्षद्वारा समानान्तर कमिटी गठन (सूचीसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहको केन्द्रीय समिति बैठकले पार्टीका समानान्तर कमिटी गठन गरेको छ । शनिबार शंखमुलस्थित ए वान क्याफेमा बसेको केन्द्रीय समिति बैठकले नेताहरुलाई जिम्मेवारी तोकेको हो।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार नेपाल पक्षलाई थाहै नदिई सो समूहमा रहेका नेताहरुको जिम्मेवारी खोस्दै पदाधिकारी हटाउने, नयाँ महाधिवेशनको मिति घोषणा गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेपछि देशभर समानन्तर समिति बनाउने तयारी स्वरुप नेपाल पक्षले नेताहरुलाई प्रदेश र विभागको जिम्मेवारी तोकेको हो।

सूचीसहित…

प्रदेश १ : भीम आचार्य
प्रदेश २ :  घनश्याम भुसाल
वागमती : अष्टलक्ष्मी शाक्य
गण्डकी : सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली : युवराज ज्ञवाली
सुदूरपश्चिम : भीम रावल
युवा इन्चार्ज : रघुजी पन्त
विद्यार्थी : गोकर्ण विष्ट
बुद्धिजीवी : प्रमेश हमाल
प्रचार विभाग प्रमुख : योगेश भट्टराई

 

 

प्रतिक्रिया दिनुहोस्