विधान विपरीतको ज्यादतीविरुद्ध यो अन्तिम र निर्णायक लडाईँ हुनेछ : नेतृ झाँक्री



न्युज अफ नेपाल, काठमाडौँ ।

नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विधान विपरीत ज्यादती गरेको जनाउँदै यो अन्तिम र निर्णायक लडाईँ हुने बताएकी छन् ।

ओलीले शुक्रबार आफ्ना पक्षलाई मात्र बैठकमा राखेर महासचिव बाहेकका सबै पदाधिकारी बर्खास्त र महाधिवेशनमा जाने एकलौटी निर्णय गरेपछि माधव नेपाल र झलनाथ खनाल पक्ष आक्रोशित बनेको छ । ओलीको कदमविरूद्ध एमालेका अधिकांश नेताहरु चर्को आलोचना गरिरहेका छन् । यसै, विषयमा बोल्दै नेतृ झाँक्रीले शुक्रबार साँझ सामाजिक सञ्जालमा कडा चेतावनी दिएकी छन् ।

‘जे भइरहेको छ यो एकदमै गलत हो। विधान विपरीतको यो ज्यादती हो। कम्यूनिष्ट आन्दोलनको विसर्जन हो। तर हामी यो आन्दोलनलाई यत्तिकै विसर्जन हुन दिनेछैनौँ। यसको कानूनी उपचार र राजनैतिक प्रतिवाद दुबै गर्नेछौ। साथिहरू, हाम्रो जिन्दगीको यो अन्तिम र निर्णायक लडाईँ हुनेछ,’ झाँक्रीले लेखेकी छन् । ‘

प्रतिक्रिया दिनुहोस्