सबै विपक्षीहरु एकजुट हुनुपर्ने काँग्रेस-जसपा छलफलको निश्कर्ष



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच देउवा निवासमा बसेको बैठक सकिएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सञ्चारकर्मीसँग कुरा गर्दै जसपा नेताहरुले सबै विपक्षीहरु एकजुट हुनुपर्ने प्रस्ताव राखेको जनाउँदै आजको बैठक सकारात्मक रुपमा टुंगीएको बताएका छन् ।

उनले भने ,’छलफल सकारात्मक भएको छ । प्रतिपक्षको हैसियतले भूमिका काँग्रेसले खेल्नुपर्छ भन्ने उहाँहरूको भनाइ आएको छ । भोलि माओवादीसँग पनि छलफल गर्छौ । ‘

यस्तै, आजको बैठकमा सामान्य छलफल भएको जनाउँदै वृहत छलफल गर्नुपर्ने आवश्यकता रहेको जसपा अध्यक्ष महन्थ ठाकुरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्