बिबिसीका पूर्व पत्रकार शर्माको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

वरिष्ठ पत्रकार सुशिल शर्माको निधन भएको छ । वरिष्ठ पत्रकार शर्माको ६३ बर्षको उमेरमा शुक्रबार बिहान ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

वरिष्ठ पत्रकार शर्माले लामो समय बिबिसीमा काम गरेका थिए । त्यसअघि उनले द राइजिङ नेपाल र काठमाण्डू पोस्टमा काम गरेका थिए। उनको आजै दाहासंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्