नेपालमा अहिलेसम्मकै नौलो अपराध घटना : झण्डै पाँच अर्बबढीको युरेनियमसहित ४ जना पक्राउ



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा अहिलेसम्मकै नौलो आपराधिक घटना घटेको छ। साढे २ किलो युरेनियमसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका चार जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा रामेछापको लिखु तामाकोशी गाउँपालिका–५ बस्ने ४० वर्षीय नारायण सिंह तामाङ, सोही ठाउँ घर भई हाल काठमाडौंको बौद्ध बस्ने ४० वर्षीया जानुका तामाङ, रामेछापको बागजोर नगरपालिका–४ का २० वर्षीय प्रकाश चौहान र सिन्धुलीको सुनकोशी–४ बस्ने २० वर्षीय मनोज न्यौपाने रहेका छन्। बजार मूल्यअनुसार बरामद गरिएको युरेनियम ५ अर्व रूपैयाँभन्दा बढीको हुनसक्ने अनुमान गरिएको छ।

त्यस्तै, नेपालमा युरेनियम बरामद भएको यो पहिलो घटना भएको एआईजी हरिबहादुर पालले जनाएका छन् । पक्राउ परेका उनीहरुलाई विस्फोटक पदार्थसम्बन्धी ऐनअनुसार कारबाही हुने पालले बताए ।

प्रतिक्रिया दिनुहोस्