जसपाले सरकारमा जान हतार गर्नु उचित छैनः किराती



न्युज अफ नेपाल, काठमाडौँ ।

जसपा पार्टीका युवा नेता तथा लेखक मिलनकान्छा किरातीले जसपा तत्काल सरकारमा जान हतार गर्न उचित नभएको बत्ताएका छन् । नेपाल युथ रिडर्सले आयोजना गरेको भच्र्युअल कार्यक्रममा बोल्दै किरातीले उक्त कुरा बत्ताएका हुन् ।

जसपाले अहिलेको अवस्थामा राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गरेर सांसद किनबेच रोक्नुपर्ने र बहुमतिय सरकार बन्ने अवस्थामा प्रतिगमनकारी सरकारलाई अपदस्त गर्न प्रगतिशील पक्षमा उभिनु पर्नेसमेत उनले बताएका छन् । उनले भने, ‘यो जसपाको परीक्षाको घडी हो ।’ विशेषतः तराइर्, मधेशका हाम्रा नेतृत्वहरुमाथि पद र पैसामा छिट्टै बिकिहाल्ने एकथरी पहाडे सामन्ती दृष्टिकोण र भ्रम छ । त्यो तोड्न नेतृत्व सफल हुन्छ भन्ने विश्वास्त छौँ । अन्यथा ‘मकैको फूल जति उफ्रे पनि अन्ततः कराईमा खस्छ’ उक्ति सिद्ध हुनेछ ।’

किरातीले प्रम ओलीको प्रतिगमन यात्रा सर्वोच्चले रोक्न नपाउदै संसदमा असंवैधानिक अध्यादेश ल्याएर पुनः प्रतिगमनतिर देश धकेल्न खोजेको आरोप लगाए । सरकार निर्माण गर्न संसदीय गणितको फोहोरी खेलले नेपाली राजनीति मात्र नभई देश नै पूर्ण दुषित र अस्तव्यस्त हुनगएको कारण जनताबाट निर्वाचित प्रत्यक्ष कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको व्यवस्था ल्याउन सबैजना लाग्नुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस्