अमेरिकामा नेपाली उबर ड्राइभरमाथि दुर्व्यवहार गर्ने एक युवती पक्राउ, अन्यको खोजी हुँदै



न्युज अफ नेपाल, काठमाडौँ ।

अमेरिकाको सान फ्रान्सिस्कोमा नेपाली उबर ड्राइभरमाथि आक्रमण गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । केही दिन अघि नेपाली उबर ड्राइभर शुभाकर खड्कालाई गालीगलौज गर्दै तीन युवतीले दुर्व्यवहार गरेका थिए ।

उनीहरुमध्ये २४ वर्षीया मलेसिया किंगलाई बिहीबार पक्राउ गरिएको सान फ्रान्सिस्को प्रहरीले जनाएको छ । त्यस्तैै, घटनामा संलग्न अर्की महिलाको पनि खोजी भइरहेको छ । आफ्नो गाडीमा सवार यवतीमध्ये एक जनाले मास्क नलगाएको देखेपछि खड्काले ती युवतीलाई मास्क लगाउन अनुरोध गरेका थिए । तर, ती युवतीले उल्टै खड्काको मोबाइल खोसेर उनीमाथि आतपात गरेकी थिइन् । ती युवतीको यस्तो व्यवहारपछि खड्काले उनीहरूलाई गाडीबाट निकालिदिएका थिए ।

गाडीबाट निकालिएका उनीहरुले खड्काको आखामा खुर्सानीको धुलो समेत छर्केका थिए । खड्कामाथि भएका दुवर्यवहारको भिडियो हाल सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस्