कांग्रेस र जसपाका नेताहरुबीच भेटवार्ता हुँदै



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का नेताहरुबीच आज भेटवार्ता हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा अपराह्न ४ बजे भेटवार्ता हुने बताइएको छ । भेटमा हालको राजनीतिक घटनाक्रम र सरकार गठनबारे छलफल हुने जनाइएको छ ।

बिहिबार मात्रै जसपाका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राईले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । सो भेटमा जसपाले रेशम चौधरीमाथिको मुद्दा, मधेस आन्दोलनका क्रममा आन्दोलनकारीमाथि लगाइएका मुद्दा फिर्ता र संविधान संशोधनको मागलाई केन्द्रमा राखेर सबै पार्टीसँग छलफल गर्ने तीनबुँदे माग राखेको थियो । जसमा प्रधानमन्तुरी ओलीे सकारात्मक देखिएका थिए ।

प्रतिक्रिया दिनुहोस्