महिला आफै आत्मनिर्भर हुन सिक्नुपर्छ : डिला संग्रौला



न्युज अफ नेपाल, भक्तपुर  ।

नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले महिलाले कसैसँग आस गर्ने भन्दा पनि आफै सकृय हुनुपर्ने बताउनुभएको छ ।

चाँगुनारायण नगरपालिका वडा न ३ अन्तर्गत दुवाकोट शुभमंगलम् चोकमा संचालित रानिशा ब्युटिपार्लरको उद्घाटन कार्यक्रममा उहाँले महिलालाई आत्मनिर्भर र हरेक क्षेत्रमा अग्रसर हुने विविध योजना संचालन गर्नुपर्नेमा जोड दिंनुभयो ।

महिला अधिकारको सुनिश्चितताका साथै गुणात्मक सहभागिता बढाइनुपर्ने बताउँदै नेतृ संग्रौलाले महिलाहरु कसैको पछि लागेर भन्दा पनि आफैं सकृय भएर नेतृत्वमा आउनपर्ने बताउनुभयो ।

उहाँले पार्लर संचालन महिला सकृयता,सीप , सशक्तिकरण र सौन्दर्यको नमुना भएको भन्दै यसले महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने बताउनुभयो ।

कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका जिल्ला अध्यक्ष पुष्करराज बुढाथोकी,महिला संघ भक्तपुरका अध्यक्ष सरु बानियाँ,संघका सिन्धुली जिल्ला अध्यक्ष गंगा दाहाल,सौन्दर्यकर्मी चाँदनी घिमिरे,संगीता फुयाँल आचार्य ,सृजना मल्ल ठकुरी लगायतले रानिशा ब्युटिपार्लरको प्रगतिको कामना गर्नुभयो ।

ब्युटिपार्लर संचालिका निरु शाह मल्ल ठकुरीले अतिथि सबै धन्यबाद ज्ञापन गर्दै सबैको साथ, सहयोग ,माया अनि सद्भावका ेअपेक्षा गरिरहने बताउनुभयो ।

रु १५ लाखको लगानीमा संचालित ब्यटि पार्लरमा फेसियल,थे्रेडिङ लगायतका सेवा उपलब्ध हुनुका साथै यस सम्बन्धि तालिम समेत प्रदान गरिने संचालिका ठकुरीले बताउनुभयो ।

संचालिका निरु शाह मल्ल ठकुरीले यसै क्षेत्रको अनुभव र केही लगानी गरेर पार्लरलाई सौन्दर्य र यस सम्बन्धि तालिमको केन्द्र बनाउने सोच रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्